राष्ट्रपतिद्वारा संघीय संसदको दुबै सदनको अधिवेशन आव्हान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम वैशाख २६ गते शुक्रबार दिनको ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

‘आज मिति २०७७ साल वैशाख २१ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७७ साल वैशाख २६ गते शुक्रबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ’, राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रया दिनुहोस्