नेपालमा कोरोना संक्रमितको सङ्ख्या ६९ पुग्यो

काठमाडौं । नेपालमा एकै दिन थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

उनले नेपालगन्जको प्रयोगशालामा पाँच जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको बताए। उनीहरु ७ देखि ८५ वर्ष उमेरको रहेको जानकारी प्राप्त भएको प्रवक्ता देवकोटाले जानकारी दिए।

त्यस्तै प्रवक्ता देवकोटाले पर्साका ३६ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको बताए। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १५ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रया दिनुहोस्