लकडाउन र सीमाना थप कडाई, भारतमा रहेका नेपालीलाई तत्काल स्वदेश नल्याईने

काठमाडौ । नेपालमा लकडाउन खुल्ने सम्भावना न्युन देखिएको छ । कोरोना संक्रमितको सङ्ख्या बढ्न थालेपछि सरकारले तत्काल लकडाउन खोल्ने सम्भावना कम देखिएको हो । यो संगै कोरोना संक्रमणका लागि सरकारले गरेको लकडाउन थप बढ्न सक्ने जनाईएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कोरोना भाइरसको जोखिमको चुनौती उत्तिकै रहेकोले अहिले नै धेरै पक्षमा हतार गरि लकडाउन खोल्ने सीमानाका खोल्न नहुने बताएका छ्न । जोखिम न्यूनीकरणका लागि अपनाइएका उपायहरु केही कठोर भएपनी यो नै विकल्प भएको प्रधानमन्त्री ओलीले बताए ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले रोग भित्र नदिनका लागि सबैले कठोर परीक्षा पास गर्न बाँकी नै रहेको रहेको उदघोस गरेका छ्न । देशमा कोरोना संक्रमणको जोखिम रोक्न प्रधानमन्त्री ओलीले लकडाउन थप कडाई गर्न निर्देशन समेत दिएका छ्न ।

यो सङ्गै प्रधानमन्त्री ओलीले तत्काल छिमेकी मुलुक भारतमा अलपत्र परेका नेपालीहरुलाई ल्याउन स्वास्थ्यको हिसाबले जोखिमपूर्ण भएको भएको बताए ।

प्रधानमन्त्री ओलीले सीमा नाकामा रहेका नेपालीलाई ल्याउन खोज्दा दिल्लीमा रहेका मानिसहरु पनि हिँड्न थाल्ने भएकाले अहिले तत्कालै भारतमा रहेका नेपालीहरुको उद्दार सम्वभ नभएको बताए ।

प्रधानमन्त्री ओलीले भारतबाट कोरोना भित्रिन नदिन सीमानाकामा अझै कडाइ गर्न निर्देशन दिनए । यद्यपि भारतमा समस्यामा परेका नेपालीहरुलाई भारतस्थित नेपाली दूताबासले हेर्ने गरी परराष्ट्र मार्फत निर्देशन दिइने भएको छ ।

प्रतिक्रया दिनुहोस्