लकडाउनमा डिस होमको फ्री सेवा, झण्डै एक महिना २०८ वटा च्यानलहरू निशुल्क हेर्न पाइने

काठमाडौ । टेलिभिजन प्रदायक कम्पनी डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम)ले विगत छ महिनादेखि विभिन्न कारणले रिचार्ज गर्न नसकेका आफ्नो ग्राहकहरूको लागि झण्डै एक महिना निशुल्क रूपमा २०८ वटै च्यानलहरू उपलब्ध गराउने भएको छ ।

यो सेवा वैशाख २१ देखि ३० दिनसम्मको रहने डिसहोम नेपालले जनाएको छ । डिसहोमले निःशूल्क टोल फ्री नम्बर १६६००१२२००० र एनसेलको प्रयोगकर्ताको लागि ९८०११५५००० उपलब्ध गराएको र ग्राहकहरूले आफ्नो नाम, फोन नम्बर र ठेगाना टिपाउने ग्राहकलाई बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म र नजिकैको डिलरमार्फत घरैमा रिचार्ज गर्ने व्यवस्था मिलाएको थियो ।

नेपालको टिभी सेवा प्रदायक मध्य सबैभन्दा बढी नेटवर्क भएको डिसहोमको उपग्रह (स्याटलाइट)को मध्यमयबाट ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटा वडामा सिग्नलको पहुँच र ग्राहकहरू रहेका छन् ।

कोरोना महामारीका कारण लकडाउन गरिएको अवस्थामा मानिसहरु घरमा बस्न बाध्य भएका समयमा रिचार्जको सुविधा नपएर रिचार्ज गर्न नपाएका ग्राहकहरुलाई मध्यनजर गरी डिसहोमले यस कार्यक्रमको घोषणा गरेको हो ।

प्रतिक्रया दिनुहोस्