नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको सङ्ख्या ७५ पुग्यो

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।भेरी अस्पताल, नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षण अनुसार थप ६ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको सवस्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रया दिनुहोस्