कोरोना कहर: विश्वभर दुईलाख ४८ हजार बढिको मृत्यु,५० हजारको अबस्था गम्भीर

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख ४८ हजार नाघेको छ । सोमबार बिहानसम्म कोरोना भाइरसको संक्रमणका कारण २ लाख ४८ हजार १०७ जनाको ज्यान गइसकेको छ ।

कोरोना भाइरसका कारण सबैभन्दा धेरै अमेरिकामा ६८ हजार ५६९ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार १२५ जनाको ज्यान गएको छ ।

इटलीमा २८ हजार ८८४, स्पेनमा २५ हजार २६४, बेलायतमा २८ हजार ४४६, फ्रान्समा २४ हजार ८९५ जनाको ज्यान गइसकेको छ ।

कोरोना भाइरसको संक्रमितको संख्या भने विश्वमा ३५ लाख ६२ हजार नाघिसकेको छ । २१ लाख ६१ हजार ५१३ जनाको उपचार भइरहेको छ । जसमध्ये ५० हजार ४३ जनाको अवस्था गम्भीर रहेको छ ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस विस्वका १२१ बढी देशमा तीब्र रूपमा फकिएको छ । नेपालमा भने अहिलेसम्म कोरोनाकै कारण कसैको ज्यान गएको छैन । नेपालमा संक्रमित पुष्टि भएका ७५ जनामा १६ जना उपचार पछि निको भएका छ्न ।

प्रतिक्रया दिनुहोस्