विश्वमा कोरोना संक्रमित ३५ लाख ६२ हजार ,निको हुनेको सङ्ख्या साढे ११ लाख पुग्यो

काठमाडौ । विश्वभर काेराेना भाइरस (काेभिड १९) बाट सङ्क्रमित हुनेमध्ये ११ लाख ५३ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । विस्वमा कोरोनाबाट मृत्युदर भन्दा निको हुनेको सङ्ख्या बढी छ ।

अहिलेसम्म कोरोना सङ्क्रमित ३५ लाख ६२ हजार दुई सय ६९ जनामध्ये ११ लाख ५३ हजार ७१ जना उपचारपछि निको भएका हुन् । त्यस्तै भाइरसकाे सङ्क्रमणबाट अहिलेसम्म दुई लाख ४८ हजार ९४ जनाको ज्यान गएको छ ।

यस्तै सबैभन्दा धेरै कोरोना सङ्क्रमित भएका अमेरिकामा झण्डै १८ हजार जना उपचारपछि निको भएका छन् । अमेरिकामा झण्डै १२ लाख जना कोराना सङ्क्रमित छन्, जससमध्ये ६८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

भारतमा कोरोना सङ्क्रमित ४२ हजार पाँच सयमध्ये ११ हजार सात सयभन्दा धेरै उपचारपछि निको भएका छन् । भारतमा अहिलेसम्म एक हजार तीन सय ५० भन्दा धेरैकाे ज्यान गएकाे छ ।

प्रतिक्रया दिनुहोस्