भारतमा ४२ हजार बढिमा कोरोना संक्रमण,१ हजार ३९१ को मृत्यु

काठमाडौ । भारतमा कोरोना भाइरसको संक्रमण र मृत्युदर भयावह बन्दै गएको छ । भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा साेमबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १ हजार ३ सय ९१ पुगेकाे छ भने संक्रमितकाे संख्या ४२ हजार ५ सय ५ पुगेकाे छ । यसैबीच ११ हजार ७ सय ७५ जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा २ हजार ८ सय ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ६८ जनाको मृत्यु भएको छ । भारतमा आतबार बिहनसम्म मृत्यु हुनेकाे संख्या १ हजार ३२३ थियाे भने संक्रमित संख्या पनि ३९ हजार ६९९  थियाे ।

भारतको लोकपाल सभाका न्यायिक सदस्य अजय कुमार त्रिपाठीको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको जनाइएको छ ।

काेराेनाकाे संक्रमण बढ्दै गएपछि भारतीय सरकाले लकडाउन पुनः दुई साताका लागि लम्ब्याएर मे १७ {जेठ ४} सम्म पुराएकाे छ ।

प्रतिक्रया दिनुहोस्