कटुवा पेस्तोलसहित तीनजना पक्राउ

धनगढी । प्रहरीले धनगढीमा तीन जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका १२ का २१ वर्षीय अबिनाश थापा, सोही ठाउँका २० वर्षीय नब्बुु भनिने नवराज रसाइली र २५ वर्षीय बिनोद कुँवरलाई पेस्तोल सहित पक्राउ परेका हुन् ।

धनगढी उपमहानरपालिका ७ स्थित जाखोरतालको जंगल क्षेत्रबाट केही ब्यक्तिहरुसँग हातहतियार छ भन्ने गोप्य सुचनाका आधारमा प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समुह (आरआइटी) बाट प्रहरी नायव निरीक्षक केशब जोशीको कमाण्डमा खटिएको टोलीले नलकटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोली सहित उनीहरुलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ । उनीहरुले हतियार कहाँबाट ल्याएका हुन् भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रया दिनुहोस्