मृगौला पीडित रोकायलाई ब्रदरहुड टिमद्वारा संकलित एकलाख बढी सहयोग हस्तान्तरण

धनगढी । मृगौला पीडित डोटीको शिखर नगरपालिका ११ का २१ वर्षिय सुरेश रोकायको उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । लामो समयदेखि दुईवटै मृगौला फेल भैइ हाल टिचिङ हस्पिटल काठमाडौमा  उपचाररत रोकायको जीवन रक्षाका लागि कैलालीको धनगढीमा रहेको डि टाउन ब्रदरहुट टीमले आर्थिक सहयोग संकलनको अभियान थालेको थियो ।

सोही अभियानबाट संकलित एकलाख ४ हजार ८५ रुपैया मृगौला पीडित रोकायको उपचारमा सहयोग पुर्याउन डि टाउन ब्रदरहुड टीमले हस्तान्तरण गरेको जनाएको छ ।

स्वदेश तथा विदेशमा रहेका सहयोगी हातबाट संकलित रकम सोमबार नेपाल इन्भेस्टमेन्ट बैंकमा जम्मा गरिएको हो । उनको उपचारमा सहयोग पुर्याउनका लागि धनगढी सहित देशका विभिन्न स्थानमा “सुरेश रोकाय बचाउ अभियान थालिएको थियो ।

संकलित उक्त रकम रोकायको उपचारका लागि सक्रिय सहयोगी बनेका नयाँ नंया न्युज नेपालका शिशिर भण्डारीको नाममा धनगढी स्थित नेपाल इन्भेस्टमेन्ट बैंकबाट जम्मा गरिएको ब्रदरहुड टीमको नेतृत्व गर्दै आएका कुल रावलले जानकारी दिए ।

२०७२ सालदेखि दुबै मृगौलाले काम गर्न छोडेका रोकायको आर्थिक अभावका कारण उपचारमा समस्या हुँदै आएको थियो । सोही कुरालाई मध्यनजर गरि ब्रदरहुडले धनगढीबाट रोकाउ बचाउ अभियान थालेको थियो । युवाहरुको मेहेनत,सक्रियता ,सहयोगिदाताको सहयोगमा उक्त रकम संकलन गरि पीडित रोकायलाई उपचारमा सहयोग पुर्याउन सकिएको अर्का समाजसेवी युवा दिनेश बमले जानकारी दिए ।

प्रतिक्रया दिनुहोस्