पछिल्लो २४ घण्टामा साढे ११ सयको कोरोना परीक्षण

काठमाडौ । गत २४ घण्टामा कोरोना भाइरसको आशंकामा एक हजार ३८२ जनाको नमुना संकलन गरेर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सोमबार गरेको प्रेस ब्रिफिङ‌मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा एक हजार  ३८२ जनाको कोेरोना परीक्षण गरिएको गरिएको जानकारी दिए ।

उनले पीसीआर विधिबाट हालसम्म १३ हजार ६४० जना र आरडीटी विधिबाट ५० हजार ८४५  जनाको कोरोना भाइरसको आंशकामा नमुना परीक्षण गरिएको जानकारी दिए ।

“हालसम्म कोरोना संक्रमितको संख्या ७५ जना रहेको छ । जसमा ५८ जना पुरुष  र १७ जना महिला रहेका छन्, ” उनले भने, “कोरोना संक्रमण देखिएर ५९ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १६ जना निको भएर घर गइसकेका छन् ।”

अस्पतालमा उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए । आज देशैभरका विभिन्न अस्पतालको आइसोलेसनमा १०६ जना रहेका छन् ।

जसमा काठमाडौ उपत्यकामा १ जना र बाहिर १०६ जना  रहेको उनले बताए । उनले आज सातै प्रदेशका क्वारेन्टाईनमा २१ हजार ५२३ जना रहेको बताए । विभिन्‍न अस्पतालको आइसोलेसनमा ५९ जनाको  कोरोना संक्रमण देखिएकाहरुको उपचार भइरहेको छ ।

मन्त्रालयको हाम्रो स्वास्थ्य मोबाइल एपमामा गत २४ घण्टामा ७ जना रेड जोनमा परेका छन् भने हालसम्म रेड जोनमा पर्नेको तीन सय २८ जना परेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रया दिनुहोस्