कोरोना भाइरसको जोखिम बढेपछि नेपालगञ्जमा मंगलवारदेखि निषेधाज्ञा जारी

कोहलपुर । कोरोना भाइरसको जोखिम बढेपछि नेपालगञ्जमा मंगलवारदेखि निषेधाज्ञा घोषणा गरिने भएको छ । कोरोना भाइरसको जोखिम संगै नागरिकबाट लकडाउन उल्लंघनका घटना बढेपछि प्रशासनले निषेधाज्ञा गर्ने घोषणा गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा सोमवार बसेको सर्बदलीय बैठकले २३ गते ११ बजेदेखि २५ गते मध्यरातिसम्म निषेधाज्ञा घोषणाका लागि सिफारिस गरेको जनाएको छ ।

निषेधाज्ञाको समयमा घरबाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ । यदि अटेर गरिएकोमा कानुनी कारबाही गरिने जनाएको छ ।यसैगरी रानीतलाउ र बिपि चोकको तरकारी मण्डि बन्द गर्ने निर्णय भएको छ ।

जिल्लामा कोरोना भाइरसको संक्रमण फ़ैलिन नदिन कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउन र स्याम्पल संकलन बढी भन्दा बढी गर्न निषेधाज्ञा घोषणा गर्न लागिएको नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले जानकारी दिए ।

हालसम्म नेपालगञ्जमा १६ जना संक्रमित भेटिसकेका छ्न ।

प्रतिक्रया दिनुहोस्