कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दुईलाख ५१ हजार ९३० पुग्यो

काठमाडौं । विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या अढाई लाख नाघेको छ ।  कोरोना भाइरसको संक्रमणका कारण मंगलबार बिहानसम्म २ लाख ५१ हजार ९३० जनाको मृत्यु भइसकेको छ ।

चीनको वुहान क्षेत्रबाट फैलिएको यो भाइरसबाट सबैभन्दा धेरै  प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा कोरोनाका कारण ६९ हजार ७०३ को मृत्यु भएको छ ।

इटलीमा २९ हजार ७९, बेलायतमा २८ हजार ७३४, स्पेनमा २५ हजार ४२८ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।

कोरोना संक्रमितको संख्या ३६ लाख ४१ हजार नाघेको छ । ११ लाख ९२ हजार ९२६ उपचार पछि निको भएर घर फर्किसकेका छन् । २१ लाख ९६ हजार १४९ जनाको उपचार भइरहेको छ । जसमध्ये ४९ हजार ६२७ को स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने बाँकीको मध्यम रहेको छ ।

प्रतिक्रया दिनुहोस्