कोरोनाले भारतमा एकैदिन १७५ काे मृत्यु, ४ हजार नयाँ संक्रमित थपिए

काठमाडौ । काेराेना भाइरसका कारण भारतमा एकैदिन १ सय ७५ काे मृत्यु, भएको छ भने ४ हजार संक्रमित भेटिएका छ्न । भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा मंगलबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १ हजार ५ सय ६६ पुगेकाे छ भने संक्रमितकाे संख्या ४६ हजार ४ सय ३७ पुगेकाे छ । यसैबीच १२ हजार ८ सय ४७ जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ९ सय ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने १ सय ७५ जनाको मृत्यु भएको छ । भारतमा साेमबार बिहनसम्म मृत्यु हुनेकाे संख्या १ हजार ३ सय ९१  थियाे भने संक्रमित संख्या ४२ हजार ५ सय ५  थियाे ।

काेराेनाकाे संक्रमण बढ्दै गएपछि भारतीय सरकाले मे १७ {जेठ ४} सम्म लकडाउन गरेकाे छ । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा २१ दिनको लागि लगाइएको थियो । पुन: १५ अप्रिलमा दोस्रो चरणको लकडाउन थपिएको थियो । दोस्रो चरणको लकडाउन अाइतबार सकिएकाे थियाे ।

प्रतिक्रया दिनुहोस्