नेपालगन्जमा थप ७ जना कोरोना संक्रमणको पुष्टि,नेपालमा संक्रमित ८२ पुगे

काठमाडौ । नेपालगन्जमा थप ७ जना कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अञ्चल अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित नेपालगन्ज ८ का रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित २२,३०, ४० वर्षका पुरुष र ३२,३४,५५ वर्षकि महिला र एक ९ वर्षकि बालिका हुन । उनीहरू सबैको स्वास्थ अबस्था सामान्य रहेको जनाएको छ । यसअघि नेपालगन्जमा १६ जना संक्रमित भेटिएका थिए ।

हालसम्म नेपालगन्जमा संक्रमितको सङ्ख्या २३ पुगेको छ भने देशभर कोरोना संक्रमितको सङ्ख्या ८२ पुगेको छ । जसमा १६ जना उपचार पछि निको भयर घर फर्किएका छ्न ।

प्रतिक्रया दिनुहोस्