नेपालमा कोरोना संक्रमितको सङ्ख्या ८२ पुग्यो, बाँकेका मात्रै २३ जनामा कोरोना पुष्टि

काठमाडौ । नेपालमा कोरोना संक्रमितको सङ्ख्या ८२ पुगेको छ । नेपालगन्जमा मंगलबार थप ७ जना कोरोना संक्रमण पुष्टि भएसङ्गै संक्रमितको सङ्ख्या ८२ पुगेको हो ।

भेरी अञ्चल अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।  संक्रमित नेपालगन्ज ८ का रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित २२,३०, ४० वर्षका पुरुष र ३२,३४,५५ वर्षकि महिला र एक ९ वर्षकि बालिका हुन । उनीहरू सबैको स्वास्थ अबस्था सामान्य रहेको जनाएको छ । यसअघि नेपालगन्जमा १६ जना संक्रमित भेटिएका थिए ।

हालसम्म बाँकेको नेपालगन्जमा संक्रमितको सङ्ख्या २३ पुगेको छ भने देशभर कोरोना संक्रमितको सङ्ख्या ८२ पुगेको छ । जसमा १६ जना उपचार पछि निको भयर घर फर्किएका छ्न ।

प्रतिक्रया दिनुहोस्