विश्व प्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो दुई साताका लागि क्वारेन्टाइनमा

काठमाडौ । विश्व प्रसिद्ध तथा पोर्चुगलका राष्ट्रिय टिमका सदस्य फुटबल क्लव युभेन्टसका स्टाइगर क्रिस्टियानो रोनाल्डो दुई साताका लागि क्वारेन्टाइनमा बसेका छन् ।

इटालीयन फुटबल क्लब युभेन्टसका सबै खेलाडी मंगलबार प्रशिक्षणका लागि आफ्नै स्पोर्टस पुगेका छन् । यही क्रममा इटाली पुगेका क्रिस्टियानो रोनाल्डो भने दुई सातकालागि क्वारेन्टाइनमा बसेका हुन् ।

प्रशिक्षणमा आउने सबै खेलाडीको यसअघि नै कोरोना भाइरस परीक्षण गरिए पनि रोनाल्डोको गर्न बाँकी रहेकाले उनलाई क्वारेन्टाइनमा राखिएको बताइएको छ ।

युभेन्टसका सबै खेलाडी र्जियो चिलिनीको नेतृत्वमा मंगलबार क्लबको स्पोर्टस सेन्टरमा प्रशिक्षका लागि पुगेका हुन् ।

उनीहरुसँगै क्लबका कप्तान ३५ वर्षीय लियोनार्डो बोनुची र मिडफिल्डर आरोन राम्सी पनि अभ्यासका आफ्नै स्पोर्टमा पुगेका हुन् । युकेन्टस क्लबले सरकारको अनुमतीपछि प्रशिक्षण सुरु गर्न लागेको बताइएको छ ।

प्रतिक्रया दिनुहोस्