बेलायतमा कोरोनाका कारण ६३ नेपालीले ज्यान गुमाए

काठमाडौं । कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६३ पुगेको छ। लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार दिएको जानकारी अनुसार हालसम्म बेलायमा कोरोनाका कारण ६३ नेपालीको ज्यान गएको हो।

मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन्।दूतावासको पहलमा गठन गरिएको सूचना संकलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको संख्या ५२ र गैरसैनिकको संख्या ११ छ।

गत सोमबार दूतावासले कोरोनाबाट निधन हुनेको संख्या ६० पुगेको बताएको थियो।रासस

प्रतिक्रया दिनुहोस्