बहराइनमा कोरोना संक्रमित नेपालीको सङ्ख्या ३ सय ३१ पुग्यो

काठमाडौ । बहराइनमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या तीन सय ३१ पुगेको छ ।

बहराइनमा फेरि ८६ जना नेपालीमा कोरोना संक्रमण देखिएपछि तीन सय संक्रमित पुगेको हो । ८६ जना नेपालीमा कोरोना संक्रमण फेला परेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।

बहराइनमा आप्रवासीहरूमा भारत, बंगलादेश, पाकिस्तानपछि नेपाली संक्रमितको संख्या ठूलो रहेको बताइएको छ ।

हालसम्म बहराइनमा कोरोना संक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ३ हजार ९ सय ७३ जना संक्रमित उपचारमा छन् २ हजार ७ सय ६२ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रया दिनुहोस्