चीनद्वारा डब्लूएचओलाई दुई अर्ब अमेरिकी डलर सहयोगको घोषणा

काठमाडौ । कोरोना भाइरस रोकथामका तथा नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई चीनले दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ ।

विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएकाले त्यसको नियन्त्रण तथा न्युनिकरणका लागि संयुक्त राष्ट्रसंघीय यस निकायलाई चीनले सहयोगको घोषणा गरेको हो  ।सो रकम दुई बर्षभरीमा कोरोनाभाइरस विरुद्ध लड्नका लागि प्रदान गर्ने निर्णय भएको चिनियाँ राष्ट्रपति सि चिन फिङले  जानकारी दिए ।

विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सिले कोरोना भाइरससम्बन्धी सम्पुर्ण विवरण चीनले डब्लूएचओे र अन्य देशहरुलाई उपलब्ध गराउने पनि जानकारी दिए ।
संगठनलाई अमेरिकाले यसअघि दिँदै आएको सहयोग कटौती गरेको बेला चीनले भने सहयोग गरेको हो ।

प्रतिक्रया दिनुहोस्