कोरोना कहर; विश्वमा ६ करोडभन्दा बढी मानिस गरिबीको चपेटामा फस्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौ । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण ६ करोडभन्दा बढी मानिस गरिबीको चपेटामा फस्ने देखिएको छ । विश्वबैंक का अनुसार कोरोना भाइरसको संकटका कारण विश्वका ६ करोडभन्दा बढी मानिसको दैनिक ज्यालादारी ,मजदुरी,ब्यापार गुम्ने खतराले संकट निम्त्याउने छ ।

अमेरिकामा आयोजित एक कार्यक्रममा विश्व बैंकका अध्यक्ष डेविड मालपॉसले कोरोना भाइरसको जोखिम सोचेभन्दा फरक देखिएको छ । जसले मानवीय तथा आर्थिक क्षेत्रलाई नराम्रोशीत प्रभावित पार्नेछ ।

यहि समस्यालाई ध्यानमा राखी विश्व बैंकले १ सय विकासशील देशको लागि १६० अरब अमेरिकी डलर सहायताको घोषणा गरेको छ । जुन आगामी १५ महिनाभित्र उपलब्ध गराउनेछ । विश्वबैंकका अनुसार आर्थिक सहायताको यो अभियान विस्वका १ सय देशका ७० प्रतिशत आबादीका लागि प्रदान गरिनेछ । जसमा  ३९ प्रतिशत अफ्रीकाको उप-सहारा इलाकामा गरिनेछ । जसको कुल परियोजना मध्य एक तिहाई अफगानिस्तान, हैटी तथा नाइजरमा गरिनेछ ।

महामारीका रूपमा फैलिएको कोरोनाबाट हालसम्म विश्वमा ३ लाख २५ हजारको मृत्यु भैसकेको छ भने ५० लाखबढी संक्रमित छ्न । कोरोना भाइरसका कारण विस्वका करिब २१३ देश देश प्रभावित छ्न । (एजेन्सी )

प्रतिक्रया दिनुहोस्