कोरोना र गणतन्त्र दुवै समगोत्री हुन !

डा.मनोज कुमार झा
विगत केही महिनादेखि सम्पूर्ण मानवजातिलाई नै कोरोना महामारीले लकडाउन बनाएको देखिन्छ । कोरोना महामारीबाट सिंगो विश्व आक्रांन्त बनेको छ। मानव सभ्यता नै समाप्त हुने पो हो कि भन्ने आशंका उब्जिएको छ । लाखौं मानिस संक्रमित बन्न पुगेका र मरेका छन । विश्व अर्थतन्त्र धाराशायी बनेको अवस्था छ । सधै चलायमान रहने विश्व अहिले कोरोना भाइरसको कारण शान्त, स्थिर र लकडाउन भएको छ। संसारको अधिकतम देशमा लकडाउन छ र मानव मानवको अस्तित्व बचाउन संघर्षरत छन । अत्याधुनिक हात हतियार, रासायनिक र परमाणु बम, फाइटर जहाज र क्षेपयास्त्रहरु कोरोना संग को लडाइँमा उपयोगी छैनन् । यी मानव बिनाशक अस्त्रहरु प्रयोग गरि मानवलाई बचाउन सकिदैन।

बिज्ञानले मानव विनाशक अस्त्रहरु धेरै बनाए पनि मानव बचाउने अस्त्र बनाउन खासै सफलता प्राप्त गर्न नसकेकै देखयो कोरोनाले । आधुनिक समयमा बिज्ञानले फड्को मार्यो भनेर भनिन्छ तर बिज्ञान पनि ज्ञानको अभावले पछि परेको जस्तो देखिन्छ । र हाम्रो देश नेपाल त सबभन्दा अनौठो कोरोना उपचार प्रणाली विकसित गरेको देखिन्छ र त्यो हो “Political Virology”। खै हाम्रा प्रधानमन्त्री र राष्ट्रपतिले सम्मानित संघीय संसदमा त्यस्तै त्यस्तै हुकुम बकस भएको सुनियो त ?

परापूर्वकालदेखि आधुनिक कालसम्म मानव सभ्यतामाथि धेरै प्रकारका भाइरसको आंधीहरु आए । सन १३४७ मा आएको “द ब्लेक डेथ” महामारीले लगभग २०० मिलियन मान्छे मार्यो । सन १९६८ मा आएको “हंकंग फ्लू” ले लगभग ४ मिलियन मान्छे मार्यो र सन १९१८ मा आएको “स्पेनिस फ्लू” ले लगभग २ करोड भन्दा बढी मान्छे मरे । तरपनी मानवले केही सिकेन्न । शक्ति र शक्तिशाली बन्नैको लागि अरबौं खरब को लगानीमा केबल मानव विनाशक साधन नै बनाए । मानवताको ठिकेदारहरु सजग र सचेत बन्न सकेन्न । आफ्नो फाइदाका लागि विभिन्न बहानामा केबल युद्ध केन्द्रित नीति बनाइ युद्ध लडे । आज अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य शुन्य छ । सुन मुल्यहिन बन्नेछन ।

दिनरात मानवताको पाठ पढाउनेहरु अचानक मानवता खतरामा परे भन्ने बचाउन कुनै खास योजना र औसधि बनाउन सकेन्न र बनाउन प्रोत्साहित पनि गरेन्न । जसको परिणाम आज कोरोना नामक महामारीबाट विश्वको शक्तिशाली रास्ट्रको अवस्था पनि दैनिय बनेको छ । लाखौं मानिस मरेका छन र सायद करोडौं मर्ने छन। सबै छट्पटीएका छन तर कुनै औसधि छैन । बम-बारुद र हात-हतियार बेकामका सामग्री (waste materials) साबित भएका छन । कोरोना फैलाएको आरोप-प्रत्यारोप चलिरहेको छ । तर अहिलेसम्म कसैले पनि यसको अचुक औसधि बनाउन सकेको छैन । कोरोना जसले र जहाँबाट फैलाए/फैलिए पनि अहिले यसको औषधि पता लगाउनु नै मुख्य कर्तव्य हो। अनावश्यक टीका टिप्पणी र बैरभाव त्यागेर एकजुट भएर कोरोनाको औसधि पता लगाउनै पर्छ नत्र परिणाम दु:खद नै हुनेछ । स्लो बिष जस्तो रहेको यो कोरोना भाइरस छिटै नै मानव र मानवतालाई नै समाप्त गर्न सक्छ ।

आफ्नै देश नेपाल्को अबस्था हेर्दा लाग्छ सायद सरकार नै छैन । ईश्वरको नाममा सपथ नखाने गणतन्त्रवादीहरुले जनतालाई भगवान पशुपतिनाथ र रामजानकी को कृपाको छायामा राखेको जस्तो देखिन्छ । कोरोनाको बिरामी प्रत्येक दिन बढी रहेका छन् । बिरामीको मृत्यु सम्म भएको छ । देशमा लकडाउन थपेको थपियै छ । र सरकारहरु 4/5 जनाको परिवारमा 20/30 किलो चामल बितरण गरेर दंग छन । हरेक नेपालीले साधारण मास्क पनि पाउन सकेका छैन्न तर तीनै तहका सरकारको करोडौं  करोडको बजेट सकिएको छ रे ? कोरोना महामारीको कारण किसान लगायत साना ब्यापारी देखि ठुला ब्यापारीहरु पनि प्रभावित बनेका छन र सरकारी राहतको प्रतीक्षामा बसिरहेका छन । तर ,सरकारमा बसेकाहरु भने खुन चुस्ने नीति तथा कार्यक्रमहरु उच्चारण गर्दै मख्ख छन।

यतातिर जनतालाई के खाने पिर छ ,तर सरकारलाई पानी जहाज र रेल गुडाउने रहर छ । कोरोना महामारीको संकटको बेला पनि सरकार जनताको हुन सकेको छैन । आम जनतालाई केन्द्रित गरि नीति र कार्यक्रम किन बनाउन सकेन ? अब हुने भोकमरी र संकटको बिषयमा सरकारले आफ्नो मुख बन्द गरेर देशलाई अंध्यारोमा कुदाइरहेको देखिन्छ । देश बिकास र समृद्धिका झूठा नारा दिई गणतन्त्रको आयु मात्र लम्ब्याउने असफल प्रयास गर्न खोजिदैछ । भनिन्छ, आँखालाई परेलाको बोझ हुँदैन तर गणतन्त्रको लचार सरकारलाई अब जनता बोझ लाग्न थालेको छ । स्वास्थ सुबिधा र स्वास्थ्यकर्मीलाई उच्च प्राथमिकता र उच्च मनोबल दिनु पर्ने ठाउँमा सरकार चुप छ । गुणस्तरीय खाना र स्वास्थ सुबिधा माग्ने आज सरकारको शत्रु हुन । मतलब गणतन्त्रमा नेपालीको जिवनमा गुणात्मक परिवर्तन सम्भव छैन ।

सुन्दर, शान्त र संसारको एकमात्र हिन्दु देश नेपाललाई विदेशीहरुको इशारामा गणतन्त्रको नाममा रक्तपात गरियो। सुन्दर र शान्त देशलाई कुरूप बनाइयो । नेपाल र नेपालीको एकता र समृद्धिको स्तम्भलाई नै भत्काइ एकलौटी रजाइँ गर्ने नश्लीय सोंचका साथ गणतन्त्रको स्थापना गरिएको देखियो । देश नै बनाएको र सदैब देश र जनताको रक्षाको जिम्मेवारी लिएको राजा र राजपरिवारलाई निशेध गरियो तर गणतन्त्रको अनुयायीहरु सत्तामा पुग्ने बितिकै हिटलरवादी सोच र रबैयाबाट आफुलाई बचाउन सकेन्न । हृदय सफा नभए पनि सफा र सेतो पोशाक लगाइ कुकर्महरु गरिरहेको छर्लङ्ग नै छ । आज देशको जनताले एउटा राजा र एउटा कुकर्मी, भ्रष्ट नेता बिचको अन्तर राम्ररी बुझ्न थालेका छन । त्यसैले गणतन्त्र अब केही दिनको पाहुना जस्तो भान हुँदैछ । यो अवैज्ञानिक असमावेशी संघीयता बोझ बनिसकेको छ र धर्मनिरपेक्षता गन्हाउन लागेको छ ।

कोरोना भाइरस कै समगोत्री गणतन्त्र नामक भाइरसले नेपाल र नेपालीको मूल नै नस्ट गर्नै लागेको बेला कोरोना नामक भाइरसले हाम्रो अस्तित्व नै खत्म गर्ने हो कि आशंका जन्मेको छ । सरकारहरु पुर्णत: असफल, अयोग्य र असक्षम भएको प्रमाणित भएको अवस्था छ । यस्तो कठिन अबस्थामा स्व-विवेक प्रयोग गरि आत्म-समीक आम गर्दै भुल-सुधारका साथ अगाडि  बढ्नुपर्ने जिम्मेवारी नेपाली माथी नै छ । विदेशीले देशको सीमा र राष्ट्रिय धरोहरहरु कब्जा गरेको अबस्थामा पनि प्रभुको सामुने चु पनि गर्न न सकेको निकम्मा ब्यबस्था र सरकार फाल्ने काम अब निश्चित आम नेपालीको नै हो । कोहिपनी दुधले नुहाएका छैन्न । कसैलाई भारत प्यारो छ, कसैलाई अमेरिका त कसैलाई चीन तर शाह वंशलाई मात्रै नेपाल प्यारो छ । यो कुरा प्रत्येक नेतालाई पनि थाहै छ । तर चुडैलसंग प्रेम भयो भने परि त्यसको आगाडि केही हैन जस्तो छ । जनताको प्रेमले गणतन्त्र ल्याईएको होईन रहेछ । विदेशी प्रभुहरुको स्वार्थ-सिद्धीका लागि पद, पावर र पैसा कै प्रेममा परि देशमा गणतन्त्र ल्याइएको हो रहेछ ! के गणतन्त्रमा जताततै भ्रष्टाचार ब्याप्त छैन त ? गरिबी र असुरक्षा ? गणतन्त्रले बास्तवमा आम जनतालाइ के नै दियो त ? गणतन्त्रले भ्रष्ट र भ्रष्टाचारलाई संरक्षित गरे । जनतालाई उदास र दुखी बनाए । युवालाई बेरोजगारी र किसानलाई भुमिहिन बनाए । महिलालाई सम्मानको बदलामा हदैसम्मको पीडा र अपमान । पिछडालाइ गोलि हानी चुप गराइयो। यी बेथितिहरु हेरेर वीरहरुका आँखा रसाएका छन। सच्चा क्रान्तिकारीलाई पछुतो छ र आम नेपाली लज्जित छन । अब गणतन्त्रको उच्चतम रूप जनतन्त्र स्थापना गरि देशलाइ समृध बनाइ आधुनिक युगको बिज्ञान र ज्ञानसंग कांधमा कांध मिलाउन आम मुक्तिकामी जनसमुदाय एकजूट भै अगाडि बढनु पर्ने आजको समयको माग हो ।

विगत ७० वर्षको लामो राजनीतिक अस्थिरताले देशमा ल्याएको विकासको लकडाउनलाई अन्त्यगरी विकसित, सभ्य र शिक्षित देश निर्माणको साथै नेपाल र नेपालीको गुमेको पहिचान फिर्ता ल्याउन उच्चतम जनतान्त्रिक शासन व्यवस्था नै समय सान्दर्भिक र माटो सुहाउँदो हो । देश बचेमात्र हामी बाचछौं। नेपाल रहे मात्र नेपाली रहन्छ ! आउ सबै मिली “राष्ट्र बचाउ अभियान” मा स्वतन्त्र र स्वस्फूर्त रुपले एक्यवद्धता जनाउँ !

प्रतिक्रया दिनुहोस्