थप तीन जनामा कोरोना पुष्टि ,नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुग्यो

काठमाडौं । नोभेल कोरोना भाइरसका थप तीन जना संक्रमित फेला परेका छन् । भेरी अस्पताल नेपालगन्‍ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको पीसीआर परीक्षणका क्रममा तीन जनामा कोरोना पुष्टि भएको हो ।

यसअघि बिहीबार बिहान १७ जना र दिउँसो ९ जना र त्यसपछि एकजनामा कोरोना संक्रमण देखिएको थियो । बिहीबार मात्रै ३० जनामा कोरोना देखिएको हो ।

त्यसैगरी आज दिउँसो दाङका ३७ वर्षका पुरुषमा कोरोना देखिएको  थियो ।

नयाँ संक्रमित थपिनेमा बाँकेको नरैनापुर गाउँपालिका-३ का ३२ वर्षीय पुरुष, खजुरा-३ की ४२ वर्षीया महिला र कपिलवस्तु सुद्दोधन गाउँपालिकाकी १९ वर्षीय किशोर रहेका छन् । हालसम्म कुल कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ ।

प्रतिक्रया दिनुहोस्