कोरोनाबाट विश्वमा तीनलाख ३४ हजारको मृत्यु ,विकसित देश बढी प्रभावित

काठमाडौं । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउने संख्या ३ लाख ३४ हजार नाघेको छ । शुक्रबार बिहानसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ३४ हजार ५७ पुगेको हो ।

विभिन्न तथ्यांक निकाल्ने worldometer का अनुसार कोरोनाका कारण सबैभन्दा धेरै विश्वकै विकसित देश अमेरिका, बेलायत, इटली, स्पेन, फ्रान्स, जर्मनी, रुस, ब्राजिल लगायत देश प्रभावित बनेका छ्न ।

हालसम्म अमेरिकामा ९६ हजार कोरोना संक्रमितले ज्यान गुमाएका छन् । भने बेलायतमा ३६ हजार ४२, इटलीमा ३२ हजार ४८६, फ्रान्समा २८ हजार २१५, स्पेनमा २७ हजार ९४०, ब्राजिलमा २० हजार ४७ ले संक्रमितको ज्यान गइसकेको छ ।

४६ हजार भन्दा धेरै संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यता नेपालमा भने कोरोनाबाट तीन जनाको मृत्यु भएको छ  ४५७ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रया दिनुहोस्