भारतमा पाँच करोडभन्दा बढी मानिस संग साबुन पानीले हात धुने सुविधा र क्षमता छैन ;रिसर्च

काठमाडौ । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणले सिङ्गो मानव जनजीवन आक्रान्त पारेको छ । विश्व समुदाय संगै कोरोना महामारीसंग जुधिरहेको देशमा भारत पनि एक हो । पछिल्लो केही समय भारतमा पनि कोरोना संक्रमितको सङ्ख्या र यसबाट हुने मृत्युदर पनि बढ्दै गएको छ ।

विश्व स्वाद संगठनले नै यो भाइरसबाट जोगिने एउटै उपाय केवल शोसियल डिस्टेंसिंग तथा सरसफाइ नै भएको बताएका छ्न । हालसम्म पनि बैज्ञानिकहरु र मेडिकल रिसर्चले कोरोना भाइरसको औषधि तथा भ्याक्सिन पत्ता लाउन सकिरहेको छैन । त्यसैले पनि शोसियल डिस्टेन्स र सरसफाइमा अधिक ध्यानदिनु नै कोरोना भाइरसबाट बच्नु रहेको स्वास्थ्यकर्मीहरु बताउछ्न ।

तर कोरोनासङ्ग लडिरहेको भारतका करिब पाँच करोडभन्दा बढी नागरिक सरसफाइको पहुँच र सामर्थ्य बाहिर रहेको एक अध्ययनले देखाएको छ । केहिदिन अगाडि अमेरिकाको  वाशिंगटन स्थित इंस्टीट्यूट ऑफ हेल्थ मैट्रिक्स एंड  इवेल्यूएशन (आईएचएमई) मा गरिएको अध्यनअनुसार यो तथ्य सार्बजनिक गरिएको हो ।

अध्यनकर्ताका अनुसार १ सय करोडभन्दा बढी जनसंख्या भएको देश भारतमा पाँच करोड़भन्दा बढी नागरिक संग हातमुख धुनसम्मको लागि उचित व्यवस्था र सामर्थ्य नभएको जनाईएको छ । जसका कारण एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस सर्ने अधिक सम्भावना रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी रिसर्चले मध्यम तथा न्यून आयस्रोत भएका देशका करिब दुई अरबभन्दा बढी नागरिक साबुन र सफा पानीको पहुँच बाहिर रहेको उल्लेख छ । जसका कारण विकशित र धनी देशका नागरिकको तुलनामा ती देशका नागरिकलाई बढी कोरोना संक्रमणको जोखिम रहेको जनाइएको छ ।

‘जर्नल एनवायरेंटल हेल्थ पर्सपेक्टिव’ मा प्रकाशित रिपोर्ट अनुसार विस्वका ४६ देशका अधिक नागरिकमा यो पहुँच छैन । भारत, चीन, पाकिस्तान, बांग्लादेश, इथियोपिया, कंगो, नाइजीरिया तथा इंडोनेशियामा रहेका अधिक  नागरिक संग साबुन र सफा पानीको पहुँच बाहिर रहेको उल्लेख छ ।( एजेन्सी)

प्रतिक्रया दिनुहोस्