कोरोना संक्रमित आमाहरुको कोखबाट सयबढी स्वस्थ शिशुको जन्म

काठमाडौ । भारतको मुम्बईमा कोरोना संक्रमित गर्भवती महिलाहरुबाट स्वस्थ बच्चाको जन्म भएको छ । मुम्बईमा रहेको लोकमान्य तिलक म्युनिसिपल जनरल अस्पतालमस कोरोना संक्रमित आमाहरुको कोखबाट १ सय बढी नवजात शिसुको जन्म भएको हो ।

चिकित्सकले बताए अनुसार उनीहरू सबैको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।

चिकित्सकका अनुसार १ सय १५ नवजात शिशुको जन्म भएकोमा  तीन जनाको शुरुआती टेस्ट कोरोना पोजेटिभ देखिएको थियो त्यसपछि आई टेस्ट रिपोर्टमा कोरोना नेगेटिभ देखिएको थियो ।

यसैगरी कोरोना संक्रमित दुई गर्भवती महिलाले बच्चा जन्माउनु पुर्व नै ज्यान गुमाएका छ्न । कोरोनाबाट मुम्बईमा करिब २४ हजारमा कोरोना संक्रमण देखिएको छ जसमा ८४० को मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छ्न । बीबीसी

प्रतिक्रया दिनुहोस्