थप ३० जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या ४८७ पुग्यो

काठमाडौ । नेपालमा थप ३० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार बिहान  नवलपरासी, चितवन, कपिलबस्तु र सर्लाहीमा गरी थप ३० जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केसबाध चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला रहेका छन् । त्यस्तै नवलपरासी, सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीया किशोरी छन् ।

कपिलवस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षिप पुरुष तथा ८ वर्षीय बालिकामा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

त्यस्तै, सर्लाहीको गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यो संगै नेपालमा संक्रमितको संख्या ४८७ पुगेको छ ।

One thought on “थप ३० जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या ४८७ पुग्यो

प्रतिक्रया दिनुहोस्