चितवनमा दम्पतीलाई कोरोना, कपिलवस्तुका दुई पत्रकार पनि संक्रमित

चितवन । चितवनमा दुईजनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर महानगरपालिकाका–६ गीतानगरका दुई जनालाई कोरोना संक्रमण भएको हो ।

भारतमा क्यान्सरको उपचार गराएर फर्किएका ७४ वर्षीय श्रीमान र उनकी ७३ वर्षीय श्रीमतीमा कोरोना पोजेटिभ देखिएको छ जेठ ३ गते चितवन फर्किएका उनीहरुलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको जनाइएको छ ।

भरतपुरस्थित भरतपुुर कोभिड–१९ परीक्षण प्रयोगशालामा उनीहरुको स्वाव परीक्षण गरिएको थियो ।

यसअघि चितवनमा संक्रमण देखिएका दुई जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

यसैबीच कपिलवस्तुमा आज संक्रमण पुष्टि भएका ९ जनामध्ये दुई जना पत्रकार रहेको खुलेको छ ।

एकजना कपिलवस्तु नगरपालिका–३ तौलिहवाका २९ वर्षका र अर्का वाणगंगा नगरपालिका–८ का २४ वर्षका पुरुष हुन् ।

एकजना पत्रकार महासंघ कपिलवस्तुका कार्यसमिति सदस्य समेत हुन् । उनले स्थानीयस्तरबाट एक अनलाइन सञ्चार माध्यम सञ्चालन गर्दै आएका थिए । अर्का एकजना वाणगंगा नगरपालिकामा रहेको बुद्ध आवाज टेलिभिजनका सञ्चारकर्मी हुन् ।

 

 

प्रतिक्रया दिनुहोस्