नेपालमा कोरोना संक्रमितको सङ्ख्या ५०७ पुग्यो

काठमाडौ । नेपालमा थप जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको ५०७ संख्या पुगेको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कैलालीका ३ जना, डडेलधुरा एक जना, बैतडीका एकजना, बाँकेमा १४ जना र मोरङका एकजना गरि थप २० जनामाका संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

आज थपिएका कोरोना संक्रमितमा पाँच जना सुदूरपश्‍चिमका रहेका छन् । सेती प्रादेशिक अस्पतालमा भएको प्रयोगशालामा कोरोना परीक्षणमा कैलालीमा तीन जना १९, २३ र २६ वर्षीय पुरुष रहेका छन । डडेल्धुराका २८ वर्षीय १ जना, बैतडीका एक जना रहेका छन् ।

१४ जना संक्रमित बाँकेमा फेला परेका छन् भने एकजना रतुवामाई मोरङका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । यसअघि शुक्रबार बिहान ३० जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रया दिनुहोस्