राजा कता अल्मलिएउ ? आमा एक्लै पारी

कविता
नेपाल आमा तिमी आऊने बाटो कुरिराछिन
बाबु मलाई बचाऊ भन्दै एक्लै बर्बराउछिन् !!

राजा कता अल्मलिएउ? आमा एक्लै पारी
तिमी उठे सबै उठ्छन् कोही छैनन् पारी !!

सबैजना अल्मल् देख्छु गणतन्त्र जाग्यो
आमालाई नि एक्लै हुन्छु भन्ने डर लाग्यो !!

हुन पनि कोही छैनन् आमा के छ ? भन्ने
सबैजना देख्छिन् यहाँ गणतन्त्र भन्ने !!

गणतन्त्रे चीराबाट पिडा मुक्त गर
पैलेजस्तै एकढिक्का पराई को नै छ र !!

विदेशीका एजेन्टमात्र देख्छिन् संगसंगै
अरु कस्ले बचाऊला र? तिमी आफै नगै !!

बाँडीचुँडी भोकेहरुले खान्छन् टुक्रा पारी
बचाएनौ भने तिमीले पु-याउने छन् पारी !!

समयमै नबचाए सक्ने छैनौं पछि ल
धुरुधुरु नरुवाऊ एकै ठाऊँमा बसी !!

प्रतिक्रया दिनुहोस्