सार्थक मझेरी टिभीको प्रस्तुतिमा हाँस्य वेब सिरियल ग्वाँचे नम्बर १ प्रसारण सुरु (भिडियो सहित)

'अब के होला?' नाम परिवर्तन गरी 'ग्वाँचे नम्बर १'

काठमाडौं। युट्युब च्यानल सार्थक मझेरी टिभीको प्रस्तुतिमा हाँस्य वेब सिरियल ग्वाँचे नम्बर १ को प्रसारण सुरु भएको छ।


अघिल्लो साता ‘अब के होला?’ नाममा सुरु गरिएको सिरियलको नाम परिवर्तन गरी ‘ग्वाँचे नम्बर १’ राखेर दोस्रो भाग प्रसारण गरिएको हो।
शर्मिला बोगटी र प्रकाश टन्डन ‘मिलनसार’ निर्माता रहेको सिरियलमा केशव सापकोटा, प्रदिप सिंह थापा, प्रदिप काफ्ले, दुर्गा नेपाल, शक्ति बस्नेत, सुजुता खड्का, सागर गिरी, सुजुता दाहाल, कर्ण खत्री,जिवेन्द्र पासा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
केशव सापकोटाको लेखन तथा निर्देशन, प्रदिप सिंह थापाको सम्पादन र सागर गिरीको छायांकनमा सुरु गरिएको यो सिरियल सार्थक मझेरी टिभीले उत्पादन गरेको हो।
आउँदा दिनहरूमा थप रोचक, मनोरञ्जनात्मक र जनचेतनामुलक रुपमा सिरियल निर्माण गरी दर्शकहरूलाई थप मनोरञ्जन दिने निर्मात्री शर्मिला बोगटीले जानकारी दिनुभयो।
हाँस्य वेब सिरियल ग्वाँचे नम्बर १ का सम्पूर्ण युनिटलाई हिमाली टाइम्स डटकमको तर्फबाट सफलताको शुभकामना।

भिडियो हेर्नुहोस्:

प्रतिक्रया दिनुहोस्