लोकप्रिय गायक रेशम सापकोटाको तीजको कोशेली ‘नाचिदेऊ एक फन्को ‘ (भिडियो सहित) 

बज्यो बज्यो मादलु रन्को, मेरो माया नाचिदेऊ एक फन्को

काठमाडौं। नेपाली संगीत क्षेत्रका चर्चित एवं लोकप्रिय गायक, सर्जक तथा निर्देशक रेशम सापकोटाको लय, शब्दमा तीज विशेष गीत ‘नाचिदेऊ एक फन्को’ सार्वजनिक भएको छ।

गायक सापकोटाको लय तथा शब्द सिर्जनामा यो गीत गायक सापकोटा, जुना श्रीस, सरोज बिरही र धर्तीमा थापा मगरको आवाजले सजिएको छ ।

गायक सापकोटाकै निर्देशन, गोरण चौधरीको कोरियोग्राफी, राहुल राईको छायांकन र रोशन धितालको सम्पादनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा रेशम सापकोटा, पुजा पराजुली, गोरण चौधरी, मनिषा राई, सम्प्रिया खड्का, देव गुरूङ्ग, अनिशा न्यौपाने र खबपु चञ्चल मगरको धमाकेदार अभिनय रहेको छ।

तीज गीत नाचिदेऊ एक फन्कोलाई तरेली संगीत कुञ्जको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

गायक, सर्जक तथा निर्देशक रेशम सापकोटा र यस गीतमा संलग्न सम्पूर्ण युनिटलाई हिमाली टाइम्स डटकमको तर्फबाट सफलताको शुभकामना!! 

भिडियो हेर्नुहोस्:

प्रतिक्रया दिनुहोस्