हे नेपाली तिमीले के नै पायौ ?

हे नेपाली तिमीले के पायौं ?
नेपाल आमालाई धुरुधुरु रुवायौ
लोकतन्त्रको नाममा लूटतन्त्र भित्रायौ
गणतन्त्रको सपनामा गणतन्त्र मै रमायौ
हे नेपाली तिमीले के नै पायौ ?

शान्तिको नाममा राजनीतिलाई नै अपराधीकरण गरायौ
समानताका नाममा साम्प्रदायिकता अपनायौ
संघीयताको नाममा भ्रष्ट विखण्डनवाद जन्मायौ
स्व-शासन कै नाममा वाद-वादी र कु-शासन फस्टायौ
हे नेपाली तिमीले के नै पायौ ?

स्थायीत्वको नाममा २/३ जनमत दियौ
त्यही २/३ जनमतले बितण्डा मच्चायो
तथाकथित प्रतिपक्षी कमिसन मै रमायो
असना-पसना, ऐल्चा-बेल्चा सबै उखान-टक्काले उडायो
हे नेपाली तिमीले के नै पायौ ?

स्वाधीनताको नाममा पराधीन बनायौ
आत्मनिर्भरताको उल्टो विदेशी बाजारको लत लगायौ
सार्वभौमसत्तालाई पद-पैसा-पहुँच सँग साट्यौ
भोकभोकै जनता मारेर आफू पाँचतारे धाउने नेता जन्मायौ
हे नेपाली तिमीले के नै पायौ ?

चीनले अमेरिका धम्काउन कोरोना बनायो
त्यही कोरोनाले पूरा दुनियाँ हल्लायो
मानव सभ्यतालाई नै खलबलायो
दुनियाँलाई थुनी कोरना विश्व भ्रमणमा रमायो
हे नेपाली तिमीले के नै पायौ ?

भूमि बिनाको संविधान बनायौ
न्वारान देखि आर्यघाटसम्मको यात्रा विवरण लेख्यौ
जात्रै-जात्रा काण्डै काण्डको शासन ब्यवस्था बनायौ
१० अर्व खर्चेर कोरोनाको औषधि हाँछ्यु-साँछ्युँ-तातो पानी-बेसार पत्ता लगायौ
हे नेपाली तिमीले के नै पायौ ?

यहाँ वास्तविकता बुझ्ने र सार्थक सोंच्ने फुर्सत कसलाई छ र ?
यहाँ त विरोधका लागि विरोध गर्ने र उखान-टुक्कामा रमाउने धेरै भए
यहाँ त जुनुनी यतिसम्म भएकी राष्ट्रघातलाई नि राष्ट्रवाद देख्न थाले
यहाँ त देश-बेचुवाहरु राष्ट्रवादी भए राष्ट्र बचाउनेहरु राष्ट्रघाति
यहाँ त जनमत र जनतन्त्रको दिनहाडै बलात्कार गर्ने र सहि बस्ने धेरै भए
हे नेपाली तिमीले के नै पायौ ?

वर्षौ पिच्छे सहिदको सुची बढायौ
जनता झुक्याई नाता-गोता मोटायौ
एक राजा फालेर लाखौं राजा भित्रायौ
जनताको शासनका नाममा विदेशीलाई सिंहासन दिलायौ
हे नेपाली तिमीले के नै पायौ ?

 

 

 

प्रतिक्रया दिनुहोस्