भारतीय समाचारपत्रमाथि चीनमा लाग्यो प्रतिबन्ध

काठमाडौ । दुई देशबीचको कडा टकरावका कारण चीनले भारतीय समाचारपत्र र वेभसाईटमाथि प्रतिबन्ध लगाएको छ ।

भारतले ५९ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको केहि दिनमै चीनले पनि जवाफ दिएको हो । तर भारतले एप्समाथि प्रतिबन्ध लगाएपनि चिनियाँ समाचारपत्र र वेभसाइटमाथि भने प्रतिबन्ध लगाएको छैन ।

चिनियाँ सरकारले भारतीय समाचारपत्रमाथि प्रतिबन्ध लगाएपछि कयौं मानिसहरु भारतीय समाचारपत्र र वेभासाइट पढ्नबाट बञ्चित भएका छन् । त्यस्तै चीनमा केबल नेटवर्क र भारतीय टिभी च्यानल(डिटिएच) पनि बन्द गरिएको जनाइएको छ ।

त्यहाँ भारतीय टिभी च्यानलहरु इन्टरनेट प्रोटोकल (आईपी)टिभी अर्थात इन्टरनेटमार्फत हेर्न सकिन्थ्यो । त्यस्तै चीनमा पछिल्ला २ दिनदेखि आइफोन र डेस्कटपसँगै एक्सप्रेस भीपीएनमार्फत हुने काम पनि रोकिएको छ ।

यद्यपि, भारतीय सञ्चारमाध्यामहरुले भने चीनका ५९ वटा एप्सहरु प्रतिबन्धित हुनुअघि नै चीनले भारतीय समाचारपत्र र वेभसाइटहरुमाथि प्रतिबन्ध लगाएको आरोप लगाएका छन् ।

 

 

 

प्रतिक्रया दिनुहोस्