गण्डकी प्रदेशका थप २८ जनामा कोरोना पुष्टि

काठमाडौं। गण्डकी प्रदेशका थप २८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्‍टि भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ९९४ पुगेको छ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले नयाँ संक्रमितहरू नवलपरासी (बर्दघाट सुस्तापूर्व) का १२ जना, गोरखा र बागलुङका तीन/तीन, कास्की र तनहुँका एक/एक र स्याङ्जाका आठजना रहेका बताए ।

 

 

प्रतिक्रया दिनुहोस्