भ्रमको बाटोबाट सत्यसम्म पुगिँदैन – भोजराज घोडासैनी

कोरोना पछि कोरियाको जनजीवन अन्त देशको जस्तो अस्तव्यस्त छैन। हुन त मान्छे भोग्नुपर्ने समय आएपछि जस्तो समय पनि भोग्छ। तर पनि यी दु:खद, कष्टकर, पिडादायीक दिन कसैले भोग्नु नपरोस् यहि दुवा सृष्टि रचहितासँग गर्छु।

केही सिक्नका लागि, केही बुझ्नका लागि एउटा मान्छे निरन्तर लागि रहेको हुन्छ। ओशोले यस्ता मान्छेलाई युवा भनेका छन्। म ओशोको त्यो परिभाषा भित्र पुर्ण रुपले पर्दैन। व्यक्ति भित्र सिक्ने, जान्ने, बुझ्ने, खोज्ने हुटहुटी हुनुपर्छ भन्ने मान्यता राख्छु। आफुले कति गरिन्छ त्यो अर्को कुरा भयो। आम मान्छे व्यावहारिक भन्दा ज्यादा सैद्धान्तिक कुरा गर्छन्। मलाई पनि मेरो ब्रम्हले भ्याएसम्म यसमा रमण गर्न रमाइलो लाग्छ। रमाइलो लाग्ने सबै कुराले लाभदायिक हुँदैनन्। बेलाबेला म आफुलाई आफु पूर्ण रुपमा चिप्लिएको, लडेको, पछारिएको पाउँछु। र होसमा आउँछु। यसमा मज्जा छ, यसमा आनन्द छ।

पुरुष स्वाभाव अहंकारले भरिएको हुन्छ। विश्व जगतको निर्माण पुरुषको बिधान, शास्त्र, नियम, ज्ञान र विज्ञानले भएको छ। पुरुष प्राणी आफैमा यसका लागी समस्या हैनन्। यसमा सृष्टिकर्ताको पनि दोष छ। कतै सुने र पढे अनुसार जुन दिन मान्छेका जन्मदाताले मान्छे बनाए त्यसै दिन देखी उनको खुशी हराएको छ रे। त्यसमा पनि ज्यादा पुरुषको स्वभावबाट। त्यसैले म त्यही पुरुषको, त्यही शस्त्र रचहिताको, त्यही सृष्टि संचालको, त्यही बिधान निर्माताको अंश हुँ। म यसबाट मुक्त छु भने, भने यो भन्दा अर्को जोक आजसम्म संसारमा अर्को हुने छैन। मेरा स्वाभावले, मेरा आनिबानीले तपाईंलाई असुबिधा पक्कै पुग्छ। मैले जानेर पनि झन गर्छु। उट्पट्याङ गर्नुमा जस्तो सौर्न्दर्य अरुमा कहाँ छ?

इट्टा जोडेर घर बन्छ, धागो गाँसेर कपडा तयार हुन्छ, महिला र पुरुष मिलेपछि एक नयाँ मान्छे जन्मिन्छ, बसन्त ऋतुले फुलको बाहार ल्याउँछ। त्यस्तै शब्द जोड्दा उपन्यास लेखिन्छ ,गित बनाउन सकिन्छ, आत्मकथा लेख्न सकिन्छ र इत्यादि। शब्दमा समस्या छैन। समस्या त्यहाँ छ, लेख्नेको बुझाइ र पढ्नेको बुझाइमा। जहाँ अन्तर हुन्छ। यसबाट तर्क वितर्कको आलोचना र क्रिया प्रतिक्रियाको उत्पति हुन्छ। हुँदाहुँदै यसले व्यक्तिको “इगो” हट बनाउँछ। यस्तो उल्झनमा म पनि बेलाबेला पर्ने गर्छु। र गिताको कुनै श्लोकमा गरिएको व्याख्या सम्झिएर समालिन्छु । “समुन्द्र जसरी शान्त हुनुपर्छ।”

एउटा सामान्य मान्छे दैनिकी आफ्नो पेट पाल्नका लागि रातदिन नभनी लागेको हुन्छ। देशमा होस् चाहे बिदेशमा। तिनीहरुमा धेरै भिन्नता छैन। भिन्नता छ भने पनि छुट्याउन सकिँदैन। कहिलेकाहीँ कोलाहल मच्चाउन, चिच्याउन, रुन र तर्साउन मन लाग्छ।परदेशमा हुँदा यतिबेला आफ्नो दुख बोलेको हो।शब्दबाट, स्वरबाट इत्यादिबाट। यस्तो हर्कत मैले पनि गर्छु, मेरो पनि आफ्नो कुण्ठा पोख्ने बाटो यहि हो।नाथे मजस्ताको आवाज आवाजमा मिसिए पछि आवाज ठूलो हुने मात्रै हो। नत्र त कसले पो मेरा भोगाइ, मेरा कुण्ठित पिडा, मेरो असली सास्ती कसैले पो सुनी दिन्छ?

आधा बाटोमा कृष्ण धरावासीले बोल्दा मैले मेरो जीवनीलाई सबै सम्म पुगाउनु थियो पुगाउने बाटो उपन्यास बनाएर लेख्नु पर्यो । मान्छेलाई ठुलाठुला मान्छेको जिवनी पढ्नबाट फुर्सद छैन मेरो जिन्दगी पढेर कसले समय बर्वाद गर्दिन्थ्यो? भन्ने कतै सुनेको जस्तो लाग्छ। जिवनमा प्रेरणा लिन ठुला भन्दा हामी साना मान्छेका लागि सानैको जीवनबाट बढी फलदायीक छ कस्तो लाग्छ। मैले धेरै पटक कोरिया, कोरिया भनेर लेखी रहेको हुन्छु। यसमा यति ठूलो महत्त्व र रहस्य केही पनि छैन। दुइटा कारण भने छन्। एउटा कारण हो कोरिया आउन चाहाने जो कोहिले पनि श्रमको मुल्य पाउन सकिन्छ भनेर बुझोस्। अर्को चाहिँ हो यतिको कष्ट गर्न कोरिया वा अन्य मुलुक जानू भन्दा आफ्नै बाँझो बारी हरिया बनाउँछु भन्ने तिर सोचोस्। अहिले समाजमा कस्तो खालको मानसिकता विकास भएको देखिन्छ भने मुखले जे भने पनि बिदेश जानेले सुतेर पैसा टिपेर ल्याउछन्। यति ठूलो भ्रमबाट, यति ठुल्लो असत्यको बाटोबाट हाम्रो समाज कता जाला? त्यसैले यथार्थ, सत्यतथ्य, भोगाइ, अवसर र चुनौतीहरु थाहा पाए पछि व्यक्ति स्वयंमले मेरो बाटो त्यो हो, हैन छुट्याउन सकोस्। सकिएन भने दुर्घटना नजिकबाट हेरिरहेको हुन्छ।

कोरोना पछि कोरियाको जनजीवन अन्त देशको जस्तो अस्तव्यस्त छैन। हुन त मान्छे भोग्नुपर्ने समय आएपछि जस्तो समय पनि भोग्छ। तर पनि यी दु:खद, कष्टकर, पिडादायीक दिन कसैले भोग्नु नपरोस् यहि दुवा सृष्टि रचहितासँग गर्छु।

धन्यवाद !!

(सुर्खेत निवासी लेखक घोडासैनी हाल रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका छन् ।) 

प्रतिक्रया दिनुहोस्