पहिला आत्मनिर्भर बन्न सिकौं त्यसपछि राष्ट्रवादको कुरा गरौं


भारतीय च्यानल बन्द गर्दैमा राष्ट्रवादी हुने हो र ? भारतबाट आउने चामल, दाल, चीनी, नुन, तेल, सियो, धागो, कच्चा पदार्थ, मेसिनरी सामानहरु, पार्ट पुर्जाहरु, मोटरसाइकल, गाडी, ग्यास र पेट्रोलियम पदर्थ आदि आदि जस्ता वस्तुहरु प्रतिबन्द लगाउन सकिन्छ ? अब भारतीय च्यानल कतिन्जेललाई बन्द गर्न सक्छन खोक्रो राष्ट्रवादको नाटक हेर्न बाँकी छ ?

यहाँ कतिपयहरुको कुराहरू के आइरहेको छ भने हामीले भारतीय सामानहरु फ्रीमा प्रयोग गरेका छौं ? पैसा तिरेर भारतीय सामानहरु किनेका छौं ।स्वाभिमानीहरुले पैसा तिरेर भारतीय सामानहरु प्रयोग गर्ने किन ? भारतीय सामानहरु प्रयोग नगरे हुन्न ? भारतीय सामानहरु प्रयोग पनि गर्न खोज्ने अनि राष्ट्रवादको ठुल ठुला कुरा गर्ने ?

जान्ने बुझ्नेहरु कसैले पनि खोक्रो राष्ट्रवाद देखाउनु बेकार छ । खोक्रो राष्ट्रवाद देखाउनाले मुलुकको स्वाधीनता धरापमा पर्न सक्छ ? यसकारण पहिला आत्मनिर्भर बन्न सिकौं ।

राष्ट्रियता राजाको पालामा मरिचमान सिंहले देखाएका थिए । आज मरिचमान सिंहलाई कसैले सम्झन्छ ? मरिचमान सिंहको स्वर्गारोहणमा राज्यले एक दिन बिदा दिएन तर जनताहरुले विरोध गरेनन । हामी नेपालीहरु कस्ता छौं भने जुन गोरुको सिंग छैन उसको नाम तिखे भने जस्ता छौं ।

मुलुकको स्वाधीनतामा आँच आउने काम कसैले गर्नु हुँदैन । मुलुकमा द्वन्द र दुर्घटनामा परेको खण्डमा जिम्मेवार को ? कसैलाई याद छ की छैन तर मलाई याद छ नेपालमा नाकाबन्दी भएको समयमा कतिपयको चाहना के थियोे भने नाकाबन्दी संधैलाई भयो भने लुकीछुपी सामानहरु ल्याई महँगोमा सामान बेच्न र कमाउन पाइन्छ भन्ने सोच थियो । कोरोना भाइरसको महामारीमा पनि लकडाउनको अवस्थामा पनि मौका छोपी कमाउनेहरुले त कमाउनु कमाए । यो मैले वास्तविक कुरा गरेको हुँ ।

भारतीय केही मिडियाहरुले नेपालको सम्बन्धमा गलत कुरा गर्‍यो हाम्रो मुलुकको परराष्ट्र मन्त्रालय के को लागी हो ? भारत को दिल्लीमा रहेको नेपाली राजदुतावास के को लागी हो ।  फोन गरेर कुराहरू भन्न सक्दैनन ? भारतको परराष्ट्र मन्त्रालय र नरेन्द्र मोदीको नीजी सचिवालयलाई भारतका केही मिडियाहरुले दुई देशको संबंधलाई अनावश्यक रूपमा बिगार्न खोजी रहेको छ भनेर फ्याक्स पठाउन सकिन्छ ? रिपोर्ट गर्न सकिन्छ ? जानकारी गराएर समस्याहरु हल गर्न पनि सकिन्छ ? मैले गरेको कुराहरू कतिपयलाई चित्त नबुझ्न सक्छ र तितो लाग्छ तर मैले वास्तविक कुरा गरेको हुँ ।

भारतीय सामानहरु सित्तैमा किनेका छौं पैसा तिरेर किनेका छौं भन्नेहरुले भारतीय सामानहरु प्रयोग नगरे हुन्न ? भारतीय सामानहरु प्रयोग गर्न पनि खोज्ने अनि स्वाभिमान र राष्ट्रवादको ठुल ठुला कुरा गर्ने ? अनि साँचो र ध्रुव सत्य कुरा गर्नेहरूलाई भारतीय विस्तारवाद र दलाल भन्ने प्रचलन नेपालमा छ । मलाई झुठो र खोक्रो राष्ट्रवाद देखाउनु छैन ।

 

 

 

प्रतिक्रया दिनुहोस्