बनारसमा एक नेपालीको कपाल मुन्डन गरी दुर्व्यवहार गर्ने एक जना प्रहरी नियन्त्रणमा

काठमाडौं । भारतको बनारसमा एक नेपालीको कपाल मुन्डन गरी दुर्व्यवहार गर्ने एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजालमा केस मुन्डन गरि दुर्ववहार गरिएको भिडियो सार्बजनिक भएपछि भारतीय प्रहरीले त्यसको अनुसन्धान सुरुगरी खोजिकार्य अघि बढाएको थियो ।

घटनामा संलग्न सन्तोष पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । अन्यको खोजी जारी राखेको प्रहरीले जनाएको छ ।
उनीलगायतविरुद्ध भेलापुर प्रहरीमा जाहेरी दर्ता गरिएको छ । भारतीय प्रहरीले घटनामा संलग्नलाई कठोर कारबाही गरिने जनाएको छ ।

नेपालका नेता तथा नेपालीविरुद्ध गालोगलौज गर्दै कपाल मुण्डन गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाविरुद्ध भारतीय प्रहरीले कारबाही थालेको हो । प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्