कोरोनाबाट भारतमा ज्यान गुमाउनेको ३० हजार ६४५ पुग्यो,स्थिति झन भयावह बन्दै

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो क्रममा देखिएको छ । त्यहाँ एकैदिन अहिलेसम्मकै सर्वाधिक ४८ हजार बढी कोरोना संक्रमित थपिएसँगै भारतमा नयाँ रेकर्ड कायम भएको छ ।

वर्ल्डओमिटरको तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४८ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको छ । दुइ दिनमा मात्रै भारतमा करिव एक लाख मानिस संक्रमित भएका छन् । यसअघि बिहीबार भारतमा ४५ हजार ५९९ जनामा संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७५५ जनाको मृत्यु भएपछि शुक्रबार बिहानसम्म ज्यान गुमाउनेको ३० हजार ६४५ पुगेको जनाएको छ ।

कुल संक्रमित संख्या १२ लाख ८८ हजार १३० पुगेको भारत विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी संक्रमितको सूचिमा छ । संक्रमितमध्ये अहिलेसम्म ८ लाख १७ हजार ५९३ संक्रमणमुक्त भएका छन् भने ४ लाख ३९ हजार ८९२ जनाको उपचार भइरहेको छ ।

 

 

प्रतिक्रया दिनुहोस्