गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा विहिबार थप ३८ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विहिबार बिहान दिएको अपडेट अनुसार प्रदेशका ६ जिल्लाका थप ३८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमितहरु स्याङजाका ११ जना, बाग्लुङका ६, तनहुँका ३ जना, नवलपरासी पूर्वका एक जना, लमजुङका ३ जना र कास्कीका १४ जना रहेका छन् ।

नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म एक हजार २३० जना ठिक भएर डिस्चार्ज भएका छन् भने प्रदेशमा अहिलेसम्म कुल संक्रमितको संख्या १ हजार ४७९ पुगेको छ ।

 

प्रतिक्रया दिनुहोस्