पहिरोले घरको भित्ता भत्कायर घरभित्रै माटोको थुप्रो लगाएपछि चौधरी परिवार समस्यामा

बौनिया, कैलाली । विगत ३ दिनदेखि परेको अविरल वर्षासंगै गएको पहिरोले कैलालीको बर्दगोरिया गाउँपालिका १ उत्तर मुडामा एक स्थानीयको घरमा क्षति पुर्याएको छ । स्थानीय कालिका मन्दिर नजिक घरमाथि रहेको डाडाबाट पहिरो खसेपछि स्थानीय देव बहादुर चौधरीको घरमा क्षति पुर्याएको हो ।

बुधबार राती घरमा सुतिरहेको अबस्थामा डाडाबाट खसेको पहिरो र वर्षाको भेल घरभित्रै छिरेपछि चौधरीको परिवार समस्यामा परेको हो । पहिरोले आफ्नो कच्ची घरको भित्ता भत्किएको र घरभित्र पहिरोको थुप्रो लागेको चौधरीले बताए । घरमा सुतिरहेको अबस्थामा एक्कासि घरको भित्ता भत्किदा घरभित्र पहिरोले बगायर ल्याएको माटोको थुप्रो भरिएको र अन्नपात समेत पुरिदिएको चौधरीले बताए ।उनकाअनुसार मानवीय क्षति भने भएको छैन।

दैनिक मजदुरी गरि जिबिकोपार्जन गर्दै आएका चौधरीको घर पहिरोले क्षति पुर्याएपछि कसरी बनाउने भन्ने समस्या छाएको छ । चौधरीको घरमा उनकी श्रीमतीसहित करिब ११ जना सदस्य छ्न ।

“आफू त दैनिक मजदुरी गरि खाने मान्छे त्यसमा पनि घरमा धेरै बालबालिका छन,कमाउने कोही पनि छैन चौधरीले भने त्यसैमा भएको यहि घरपनि वर्षाले क्षति पुर्यायो अब कसरी बनाउने ? समस्या माथि झन समस्या थपियो उनले भने । परिरोले घरमा क्षति पुर्याएपछि रातमा सुत्नको लागि समेत समस्या भएको चौधरीले बताए ।

चौधरीले आवश्यक क्षतिपूर्तिका लागि स्थानीय सरकारलाई गुहार मागेका छ्न ।

 

 

प्रतिक्रया दिनुहोस्