बाढीमा बेपत्ता थप एक जनाको शव भेटियो

भजनी, कैलाली । कैलालीमा अविरल बर्षासंगै आएको बाढीमा बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ । भजनी नगरपालिका वडा नम्वर–८ का ४० बर्षिय ईश्वर साहको शव आज फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले साहको शव पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा फेला परेको बताए । योसंगै जिल्लामा बाढीमा बगेर मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

यसअघि भजनी नगरपालिकाको जनकपुरका ११ बर्षीय स्केल चौधरीको शव भेटिएको थियो । भजनी नगरपालिका ८ का चक्र विक भने अझै बेपत्ता छन् ।

लगातारको वर्षाका कारण जिल्लाका भजनी, टीकापुर, जोशीपुर लगाएतका धेरैजसो स्थानीय तह जलमग्न बनेका छ्न ।

 

 

 

 

 

प्रतिक्रया दिनुहोस्