सरकारले अघि सारेको पशुपति बिकास गुरुयोजनाको बिरोधमा प्रदर्शन

काठमाडौं । सरकारले अघि सारेको पशुपति बिकास गुरुयोजनाको बिरोधमा पशुपति क्षेत्रका स्थानीयहरुले काठमाडौंमा विरोध ¥याली निकालेका छन् ।

गुरुयोजनाले पशुपति क्षेत्रको प्राचिनता र मौलिकता नष्ट गर्ने भन्दै स्थानीयबासीहरुले गौशाला र पशुपति क्षेत्रमा ¥याली निकालेका हुन् ।स्थानीय सरोकार वाला तथा अधिकारवालासँग छलफल नै नगरी गैरन्यायिक ढंगबाट गुरु योजना ल्याइएको भन्दै त्यसको बर्खास्तिको माग गर्दै हजारौंको संख्यामा स्थानीय सडकमा उत्रिएका छन्।

काठमाडौं महानगरपालीका वडा नंवर ८ मा रहेको पशुपति क्षेत्रमा रहेका स्थानीयहरुले पशुपति क्षेत्र संयुक्त संघर्ष समिति नै बनाएर गुरुयोजनाको विरोध गर्दै आएका छन् ।

गुरुयोजनामा पशुपति क्षेत्र वरिपरिको वस्तीलाई व्यवस्थित बनाउन नभइ वरिपरिको बस्ती नै हटाउन खोजिएको आरोप लगाइएको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्