पेट्रोल र डिजेलको मूल्य २–२ रुपैयाँले वृद्धि ,हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य २–२ रुपैयाँले बढाएको छ । नयाँ कायम गरिएको मुल्य शनिबार रातिदेखि लागु हुनेछ ।

हाल कच्चा तेलको मूल्य, डलरको विनियम दर तथा इन्डियन आयल कर्पोरेशनबाट प्राप्त गरिद मूल्यमा समेत वृद्धि भएकाले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको प्रवक्ता विनित मणि उपाध्यायले बताए ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य ९० रुपैयाँ काम गरिएको छ । हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

 

 

 

 

 

प्रतिक्रया दिनुहोस्