पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो

 

बुधबार वीरगन्जको गण्डकमा रहेको बयोधा अस्पतालमा उपचारका लागि लगिएकी ती महिलाको शुक्रबार बिहान १० बजेर १२ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । ती महिलामा उच्च रक्तचाप, मधुमेय र तीब्र स्वासप्रश्वासको समस्या रहेको चिकित्सकहरुले बताए ।

लक्षण सबै मिलेपछि त्यहाँका चिकित्सकले कोरोना परिक्षणका लागि नारायणी अस्पताललाई अनुरोध गरेपछि स्वाव संकलन गरी परिक्षण गरिएको नारायणी अस्पतालको कोभिड बिशेष अस्पताल गण्डकका डा. निरज सिंहले बताए । ती महिलाको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ । पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

 

 

प्रतिक्रया दिनुहोस्