जन्मेको गाउँ सम्झिँदै गायक हुम गैरेको एकल लोकगीत निस्दी तरेर (भिडियो सहित) 

काठमाडौं। बिशाल मुभिज प्रा.लि. मार्फत चर्चित लोक गायक तथा सर्जक हुम गैरेको मार्मिक एकल लोकगीत निस्दी तरेर बजारमा सार्वजनिक भएको छ ।

विभिन्न शिलशिला अनि कार्य व्यस्तताका कारण आफ्नो जन्मघर छोडी धेरै टाढा रहनु पर्ने बाध्यतासंगै जन्मेको, हुर्केको, खेलेको गाउँठाउँँको स्वर्णीम याद गीत मार्फत गरिएको छ ।

गायक गैरेकै लयशब्द, निर्देशन र सम्पादन रहेको गीतलाई धिरज खत्रीले खिचेका छन् भने गीतमा बरिष्ठ चलचित्रकर्मी रमा थपलिया, हुम गैरे, रमा ठकुरी र भुवन चौलागाईको जिवन्त अभिनय रहेको छ । झरी परेर घर छेउकै बर पिपल पहिरोले बगाएको, निस्दी खोला उर्लिएका कारण बाटोघाटो बन्द भई गाउँ फर्किन नपाएको सामाजिक यथार्थ बिषय बस्तु गीतमा उत्कृष्ट ढंगले प्रस्तुत गरीएको छ ।

चर्चित हुन, हिट हुन, व्यवसाय गर्न भन्दा पनि नितान्त आत्मसन्तुष्टीका लागी यो गीत गाएको गीतका गायक गैरे बताउँछन् ।

मर्मस्पर्शी एकल लोकगीत निस्दी तरेरलाई हिमाली टाइम्स डटकमको तर्फबाट सफलताको शुभकामना ।।

भिडियो हेर्नुहोस्:

 

प्रतिक्रया दिनुहोस्