लोकगायक प्रेमराजा महत दम्पति भए कोरोनामुक्त

काठमाडौं । लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता महत कोरोनामुक्त भएका छन् । गत अगस्त ७ मा महतले आफू र श्रीमती कवितालाई कोरोना संक्रमण भएको जानकारी फेसबुकमार्फत् दिएका थिए ।

कोरोनालाई जितेपछि महतले अगस्त २८ शुक्रबारको दिन कोरोनामुक्त भएको जानकारी फेसबुकबाट नै दिएका छन् ।

महतले सबैको गहिरो माया प्रेम, भगवान पशुपतिनाथ र ईष्टदेवी तनहुँ अवस्थित ढोर बाराहीमाईको कृपाका कारण आफूहरु कोरोनामुक्त भएको उल्लेख गरेका छन् ।

मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महावाणिज्यदूतसमेत रहेका महतले फेसबुकमार्फत आफू कोरोनामुक्त भएको बताए ।

कोरोना संक्रमणपछि महत दम्पत्ति आफ्नै घरमा छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेका थिए ।

 

 

प्रतिक्रया दिनुहोस्