माछा पोखरीमा करेन्ट लाग्दा दुई जनाको मृत्यु

चितवन । भरतपुर–८ मा माछा पोखरीमा करेन्ट लागेर स्थानीय दुई जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार, मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय नवराज दराई र निरब राना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार करेन्ट लागेर उनीहरुको गएराति मृत्यु भएको हो ।

पोखरी भाडामा लिएर माछा पाल्नेहरुले माछा चोरी भएपछि छोडेको बिद्युतीय तारबारमा उनीहरुलाई करेन्ट लागेको थापाले जानकारी दिए ।

 

 

प्रतिक्रया दिनुहोस्