बाँकेमा ८८ वर्षिय जेष्ठनागरिकले कोरोना जितेर घर फर्किए

डिस्चार्ज हुनेमा हालसम्म कै संक्रमितहरू मध्ये बढि उमेर भएका बाँके जानकी गाउँपालिका वडा न–३ का ८८ वर्षिय पुरूषले कोरोना जितेर घर फर्केका हुन । उनी देशभरीकै कोरोना संक्रमित मध्ये जेष्ठ नागरिक भएको हुनसक्ने आकलन र दाबी गरिएको छ ।

जेष्ठ नागरिकसंगै उनका छोरा पनि संक्रमित भएका थिए दुबै जना संगै संक्रमण मुक्त भएर घर फर्केका छन । ‘संक्रमणको जानकारी पाउने वित्तिकै अलि केही आत्तिएका थियौ तर, आईशोलेशनमा आईपुगेपछि अवस्था सामान्य हुँदै आयो । साथी भाई, आफन्तले दिएको हौसलाको कारणले हामिले सजिलै जित्यौ कोरोना’– संक्रमित जेष्ठ नागरिकका छोराले बताए ।

उनले आफ्नो बुवा कोरोना संक्रमण जितेर घर फर्कने सबैभन्दा बढी उमेरको भएको हुनसक्ने दाबी गर्दै भने–‘ अहिले बुवा संक्रमण मुक्त भएर हामी सबैको प्ररणाको स्रोत बन्नु भएको छ । उहाँले हामी सबैलाई दिएको हौशलाको कारण आज सजिलै कोरोना जितेर घर फर्कन पाएका छौ ।’

जानकी गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाले सुरुमा सबैभन्दा बढी उमेरको जेष्ठ नागरिकलाई आईशोलेशनमा ल्याउदा आफुहरुलाई पनि के हुन्छ कस्तो हुन्छ भन्ने त्रास रहेको बताए । राजधानी दैनिक 

 

 

प्रतिक्रया दिनुहोस्