कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु, मृत्यु हुनेको सङ्ख्या २५७ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ महिला र २ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवनका ४० वर्षीया, भक्तपुरका ४० वर्षीया, रुपन्देहीका ७७ वर्षीया, तनहुँका ९२ वर्षीया महिलाहरु रहेका छन् । त्यसैगरी सिन्धुपाल्चोक ७७ वर्षीया र रुपन्देहीका ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

हालसम्म कोरोना भाइरसको संक्रमणबाट २५७ जनाको मृत्यु भएको छ । कुल कोरोना संक्रमितको शून्य दशमालव ६ प्रतिशतको मृत्यु भएको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्